Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाका निवर्तमान मन्त्रीको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो। पत्रकार सम्मेलन स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार नै रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077