Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो, १० महिनाभन्दा बढी आयात धान्ने

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामो अवधीमा विदेशी मुद्रा संचिति बढेको छ। गत असारयता पुससम्म मुलुकको कुल विदेशी मुद्रा विनिमय सञ्चिति करिब १ खर्ब २१ अर्ब रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ ।आर्थि

क वर्ष २०७९/८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077