Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समितिको सभापतिमा भागबन्डा नमिलेपछि बागमती प्रदेशसभा बैठक बस्दै नबसी स्थगित

हेटौंडा । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ।

दलहरूबिच प्रदेशसभा समितिको सभापतिमा भागबन्दा नमिलेपछि सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको हो।

प्रदेशसभा सचिवालयका अनुसार अब अर्को बैठक माघ २६ गते बस्ने छ। सो बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ।

सोमबार प्रदेशसभा संसदीय समिति गठन गर्ने भनिए पनि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले पनि भाग खोजेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077