Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुर्घटना न्यूनीकरण गर्न कैलाली बहुमुखी क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम

    दुर्घटना न्यूनीकरण गर्न कैलाली बहुमुखी क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 822
    SHARES

    कैलाली । ‘ट्राफिक नियम जानौँ र मानौँ आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित कैलाली बहुमुखी क्याम्पसमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय तथा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन र राष्ट्रिय प्रजातान्त्रिक खेलकुद विभागको संयुक्त सहकार्यमा क्याम्पसमा सो जनचेतना मूलक कार्यक्रम गरिएको हो ।



    सो कार्यक्रममा क्याम्पसमा अध्ययनरत विए, विविएस, बिबिए र विएड समूहतर्फका विद्यार्थीहरूलाई ट्राफिक नियमको पूर्ण पालना, लेन अनुशासन, सवारी दुर्घटनाको जोखिम, सवारी दुर्घटनाको कारण र सडक सुरक्षा सम्बन्धी अपनाउनु पर्ने सावधानीबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र सिंह जोहारीले प्रशिक्षण दिएका थिए ।



    ट्राफिक प्रमुख जोहारीले यस्ता जनचेतना मूलक कार्यक्रममा सदैव आफू समन्वय गर्न तयार रहेको बताए ।

    राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलाली बहुमुखी क्याम्पसका संयोजक शैलेन्द्र चन्दलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी विष्ट प्रमुख अतिथि रहेकी थिइन् ।

    साथै कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा धर्म राज उपाध्याय, राष्ट्रिय प्रजातान्त्रिक खेलकुद विभाग जिल्ला अध्यक्ष, साथै सङ्गठनका केन्द्रीय, प्रादेशिक, नगर तर्फका युवा नेताहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार