Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट

    बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ।

    कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा वर्डफ्लू पुष्टी भएको हो ।



    ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको छ। पशु विभागको अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ।



    जसअनुसार लितपुरको खुमलटारमा दुई हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा चार हजार ५९१ वटा कुखुरा र दुई हजार २५५ वटा अन्डा नष्ट गरिएको छ।

    उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना सय केजी र हजार वटा क्रेट नष्ट गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार