Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झापामा एयरगनसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध हातहतियारसहित झापाबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट भारत घर भएका २० वर्षीय ओम साहसहित चार जनालाई पक्राउ गरेको हो ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उनिहरुको साथबाट फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली १ सय ७० राउण्ड र ५० राउण्ड छर्रा गोली बरामद गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक प्रहरीले १ थान भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका(१ स्याउले बस्ने ६० वर्षीय फुल बहादुर लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077