Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, यो संख्या आठ गुणासम्म बढ्न सक्ने

काठमाडौं । टर्की र सिरियामा गएको तीन शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल सम्म उक्त भूकम्पमा ४ हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ ।

१५ हजारभन्दा बढी मानिस घाइते भएका छन् भने हजारौँ भवनहरू भत्किएको छ ।

सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। तिनीहरूको तीव्रता ७.८, ७.६ र ६.० म्याग्निच्युड थिए।

सबैभन्दा धेरै विनास र मृत्यु टर्की र यसको छिमेकी देश सिरियामा भएको छ। भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन्।

यस्तै छिमेकी मुलुक सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यता, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077