Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ मनाउने, फागुन १ गते सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्ध शुरू भएको भन्दै उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा बिदा दिने निर्णय गरेको हो।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा छन्।

कर्णाली सरकारमा नेकपा एमाले, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको छ।

यस्तै बैठकले चालू आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय भएको छ ।प्रदेशमा

कार्यरत प्रदेश सचिवहरूले साबिकको कार्य जिम्मेवारी अनुसार कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितमा एकले अर्काको कार्यसम्पादन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077