Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री रावल

    विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री रावल

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 891
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिँदै छन् ।

    मुख्यमन्त्री रावलले आज बस्ने प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । तर, मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने संकेत गरेको छ ।



    नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।



    जसकारण उसले विश्वासको मत दिने सम्भावना पनि घटेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा एमाले संसदीय दलका नेता रावलले माघ २६ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्ने कानूनी बाध्यता छ। नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा एमालेका सांसद रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार