Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङरोगन र मर्मत सम्भार सुरु

काठमाडौं । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङ्गरोगन र मर्मत सम्भार सुरु गरिएको छ ।

महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा वर्ष भरमा मनाइने पर्वमध्ये महाशिवरात्रि महत्वपूर्ण पर्व हो ।

पशुपति क्षेत्र परिसरका सम्पदामा पनि रङरोगन गरी महाशिवरात्रिका लागि चिटिक्क बनाउने योजना छ।

महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाई मात्र खटाउने निर्णय पनि कोष सञ्चालक परिषद्ले गरेको छ। महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ।

यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरेको कोषले जनाएको छ।

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको स्वागतका लागि पनि कोषले विशेष तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077