Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ट्रकमा फल्स बटम बनाएर लुकाइएको लागूऔषधसहित तीन जना पक्राउ

वीरगन्ज । प्रहरीले मालबाहक ट्रकबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहा नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय निर्मल पौडेल , सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का छन्।

मालबाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ। लागूऔषध ढुवानीमा प्रयोग भएको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्सा प्रहरीले बतायो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषध२३३ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागूऔषध र ट्रक सहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077