Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकाबिहानै पर्यटनमन्त्री किराँती विमानस्थलमा, भन्छन् - एकदिन यो देश नै सफा हुनेछ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् ।

आज बिहान साढे ५ बजे मन्त्री किराती विमानस्थल पुगेका हुन् । विमानस्थलको अनुगमनका क्रममा मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको तारिफ गरेका छन् ।

‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन) हरूलाई हार्दिक धन्यवाद !’, उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’

अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077