Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शुक्रबार ल्याउने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ ।

शुक्रबार नै सञ्चालक समितिको बैठक बसी शुक्रबार नै समिक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मौद्रिक नीतिको समिक्षा शुक्रबार नै ल्याउने गरी तयारी थालिएको छ ।

बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेका बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षालाई महत्वका साथ हेरिएको छ।

सेयर लगानीकर्तादेखि घरजग्गा कारोबारीसम्मले समीक्षालाई कुरेका छन्। उद्यमी ब्यवसायीले ब्याज घटाउने र ऋण पुनर्तालिकीकरणका लागि समय दिनु पर्ने माग गरिरहेका छन्।

राष्ट्र बैंकले भने आयात वृद्धि हुने गरी नीतिगत दरहरु नघटाउने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077