Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेश सभामा आज प्रदेश प्रमुखले सम्बोधन गर्ने

मकवानपुर । बागमती प्रदेश सभाको सातौँ बैठक आज दिउँसो १ बजेपछि बस्दै छ।

बैठकलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची छ।

सचिवालयका अनुसार बिहीबार प्रदेशसभामा २ वटा बैठकहरू सञ्चालन हुनेछ ।

पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन रहनेछ भने दोस्रो बैठकमा धन्यवाद प्रस्ताव सम्बन्धी रहनेछ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले आजको बैठकमा अन्य कुनै पनि कार्यसूची नरहेको जानकारी दिए।

उनका अनुसार गत माघ २२ गते बसेको सर्वदलीय बैठकले तय गरेको कार्यसूचीअनुसार नै आजको बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077