Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जब एमाले अध्यक्ष ओलीले दिए महन्थलाई ‘लिफ्ट’...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संवोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर निस्केका हुन् ।

संसद भवनबाट बाहिरिने क्रममा मुख्यद्वारमा एमाले अध्यक्ष ओलीको पछाडि थिए लोसपा अध्यक्ष ठाकुर ।

ओलीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरलाई आदरभावका साथ आफ्नो गाडीभित्र बस्न इसारा गरे । ठाकुरलाई चढाएपछिमात्र ओली गाडीभित्र पसे ।

कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका ठाकुरलाई ओलीले आफ्नै गाडीमा आदरपूर्वक राखेर बालकोट लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077