Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा, औद्योगिक क्षेत्रलाई निशाना

एजेन्सी । रुसले युक्रेनमा व्यापक हवाई हमला गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको बताइएको छ । क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ ।

विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077