Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सत्ताबाट हटाइने दावी गरेका छन् ।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने दावी गरेका हुन् ।

अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताए ।

नेपालले भने,'सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का परेको छ । यो पहिलो शुरुआत हो । हौसला बुलन्द गर्नुस् । यो पार्टीले केही गर्न सक्दैन भन्दै हाम्रो पार्टीलाई भन्नेहरुलाई जवाफ हो ।'

नेपालले निर्वाचनको परिणाम सोचेजति नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सकिएको बताए । तत्कालीन गठबन्धनभित्र प्रतिनिधि सभामा २५ सीट मागेकोमा २० सीट पाइएको नेपालले बताए ।

राजनीतिक यथास्थितिमा छैन । सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो । अध्यक्ष नेपालले सुदूरपश्चिम सरकार ढाल्न आफूले नै कांग्रेससँग् कुरा गरेको र अरुसँग पनि कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077