Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • फिलिपिन्सको सैनिक शिविरमा गोली चल्यो, चार सैनिकको मृत्यु

    फिलिपिन्सको सैनिक शिविरमा गोली चल्यो, चार सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 552
    SHARES

    फाइल तस्विर

    एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा गोली चलेको छ ।

    शनिबार दिउँसो एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको हो ।



    अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागेर निधन भएको छ ।



    कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो । कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका अनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार