Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

    फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 909
    SHARES

    मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



    स्थानीय समयानुसार राति १०ः३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ ।



    भूकम्पका कारण कुनै मानवीय तथा भौतिक संरचनामा क्षति भएको बारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार