Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, जापानसहित छिमेकी देशमा सुनामीको चेतावनी

    ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, जापानसहित छिमेकी देशमा सुनामीको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 2.7K
    SHARES

    एजेन्सी । ताइवानको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहानै ताइवानको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको हो ।

    ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकायले जनाएको छ ।



    चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।



    ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

    सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो ।

    भूकम्पसँगै ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । क्षतिको विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार