Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ताइवान भूकम्पमा १२९ च्यापिए, कम्तिमा ९ जनाको मृत्यु

    ताइवान भूकम्पमा १२९ च्यापिए, कम्तिमा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 360
    SHARES

    एजेन्सी । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य जारी छ ।

    ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भुकम्पको धक्का राजधानी ताइपेईसम्म महशुस गरिएको थियो ।



    अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । सो भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन् ।



    चार वटा मिनी बसमा यात्रा गरिरहेका कम्तिमा १३१ जना यात्रु एउटा टनेलमा थुनिएको र उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल नभएको अधिकारीहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार