Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह 'ए' र समूह 'बी' का खेलहरु हुदैछ ।

पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।

दोस्रो खेल समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरू हुनेछ ।

दुवै खेल केपटाउनमा हुनेछ । शनिबार भएका खेलमा साविक विजेता अष्ट्रेलिया र इंग्ल्यान्ड विजयी भएका छन् ।

अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेका हुन् ।

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077