Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ऋण नतिरेर कालोसूचीमा परेको व्यक्तिले निक्षेप खाता खोल्न नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्तिले अबदेखि नयाँ बैंक खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था लागु गरेको छ ।

यसबापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।

यसअघिको एकीकृत निर्देशनमा कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खाेल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077