Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीहरुको शपथ अवरुद्ध

दाङ । हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।

प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु माओवादी केन्द्रका जोखबहादुर महरा र इन्द्रजित थारु, एमालेका विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राप्रपाका जानकीप्रसाद यादव र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई शपथ ग्रहण गराउँदै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077