Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ दिलाएका हुन् ।

शनिबार पुनःगठन भएको मनित्रपरिषद्मा एमालेबाट ३ माओवादी केन्द्रका २, राप्रपा र जतमत पार्टीका १÷१ जा मन्त्री नियुक्त भएका छन् ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले आज शपथ लिएका हुन् ।

दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077