Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरूवात

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आइसीसी महिला ट्वान्टी-२० विश्वकपमा भारतले विजयी सुरूआत गरेको छ। केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि सात विकेटको सहज जित निकालेको हो।

पाकिस्तानले दिएको १५० रनको लक्ष्य भारतले ६ बल बाँकी छँदै पुरा गर्‍यो। भारतको जितमा जिमिमाह रोड्रिगेजले सर्वाधिक अर्धसतकीय इनीङ्स खेलिन्। उनले ३८ बलमा आठ चौकाको मद्दतमा अविजित ५३ रन जोडिन्।

यस्तै सफाली वर्माले ३३, ऋचा घोषले अविजित ३१, यास्तिका भाटियाले १७ र कप्तान हर्मनप्रीत कौरले १६ रन बनाए। पाकिस्तानका लागि नसरा सन्धुले दुई तथा सदिया इक्वालले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि कप्तान विस्मा मारूफले सर्वाधिक ६८ रन बनाइन्। उनले ५५ बलमा सात चौकासहित अविजित ६८ रन बनाइन्।

यस्तै आयशा नसिमले अविजित ४३ रन बनाउँदा मुनिवा अलीले १२ र सिद्रा अमिनले ११ रन जोडे। भारतका लागि राधा यादवले दुई तथा दिप्ती शर्मा र पूजा वस्त्राकरले समान एक-एक विकेट लिए। यस जितसँगै समूह ‘बी’ को भारतले दुई अंक जोड्दा पाकिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

गए रातिनै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशमाथि ७ विकेटको सहज जित निकालेको छ। बंगलादेशले दिएको १२७ रनको लक्ष्य श्रीलंकाले १० बल बाँकी छँदै पुरा गर्‍यो। यो नतिजासिहत श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो। यसअघि पहिलो खेलमा श्रीलंकाले घरेलु टोली दक्षिण अफ्रिकालाई ३ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077