Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेट, द्विपक्षीय सहयोगबारे छलफल

    राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेट, द्विपक्षीय सहयोगबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

    सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।



    सो अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना र शुभेच्छा प्रकट गरेकी थिइन्।

    विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार