Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव भन्छन् - नेपाल बाह्य शक्तिको खेल मैदान बन्दैछ

कपिलबस्तु । जनता समाजवादीका पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल बाह्य शक्तिको खेलमैदान बन्दै आएको बताएका छन् ।

जसपा नेपाल कपिलबस्तुले तौलिहवामा राखेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा जबसम्म राजनीतिक स्थिरता र मजबुत सरकार हुँदैन तबसम्म सरकारले बनाएको कानुन पनि लागु गर्न नसक्ने बताए ।

अध्यक्ष यादवले भने, “नेपाल बहिरी मुलुकको खेलमैदान बन्दै गएको छ, हामीले यो मुलुकलाई कसैको खेलमैदान बन्न दिनु हुँदैन ।”

अहिलेको सरकारप्रति छिमेकी राष्ट्रको पनि विश्वास नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077