Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोबाइल व्यवसायीले भने – प्रदर्शनका क्रममा ८ करोड भन्दा बढीको लुटपाट भयो

    मोबाइल व्यवसायीले भने – प्रदर्शनका क्रममा ८ करोड भन्दा बढीको लुटपाट भयो

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 564
    SHARES

    काठमाडौं । माछापोखरी र नयाँबसपार्क क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट भएको छ ।

    तीन ठाउँमा आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको हो ।



    सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो ।



    मोबाइल व्यवसायी संघका अनुसार मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

    नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष सोभित प्रसाईंले आन्दोलनको नाममा लुटेराहरूले पसल लुटेको जिकिर गरे ।

    सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    समयमा नै प्रहरी परिचालन नहुँदा आफूहरूले करोडौँको क्षति व्यहोर्नुपरेको मोबाइल व्यवसायीहरूले दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार