Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष चालिसेले भने – आन्दोलनका नाममा मोबाइल पसल लुटपाट गरियो

    मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष चालिसेले भने – आन्दोलनका नाममा मोबाइल पसल लुटपाट गरियो

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 618
    SHARES

    काठमाडौं । यातायात मजदुरहरुको आन्दोलनको क्रममा ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको दाबी गरिएको छ।

    उक्त मोबाइल पसका संञ्चालक अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो।



    पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए। चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन्।



    पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपाध्यक्ष अर्जुन चालिसेले भने ‘यातायात मजदुर आन्दोलनभन्दा पनि चोर्ने नीतिमा लागेको देखियो, यसमा संलग्नहरुलाई पक्राउ गरी कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।’

    गएराति चालिसेकै दुई वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा लुटपाट भएको थियो ।

    यातायात मजदुरको आन्दोलन आफूहरुसँग सम्बन्धित नरहेको भन्दै उनले जोसुकैको आन्दोलन भए पनि लुटपाटमा संलग्नहरुलाई सीसीटीभी फुटेज र केही पक्राउ परेकाहरुमार्फत पत्ता लगाउन सकिने उनले बताए ।

    एउटा व्यवसायमा संलग्नले अर्को व्यवसायमाथि चोरी डकैती गर्नु निन्दनीय रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार