Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागु, ७० अंक ल्याए पास

    सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागु, ७० अंक ल्याए पास

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ ।

    प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।



    यही फागुन १ गतेबाटै लागु गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको छ ।



    मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार