Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै२८५ रन जोडेको हो । नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।

गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे ।

नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो । त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।

आजको खेलमा नेपालले जित निकाल्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नामिबियाविरुद्ध नेपालले हालसम्म एकदिवसीय क्रिकेटमा जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077