काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
टीयू क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको चुनौती पाएको नेपालले पहिलो विकेटको रूपमा आशिफ शेखलाई शून्यमै गुमाएको हो । नेपालले दुई ओभरमा एक विकेट गुमाएर तीन रन बनाएको छ ।
यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भान लिंगनले शतक बनाए । उनले शतकसहित १३३ रन बनाए ।
उनलाई करण केसीले आउट गराए । त्यस्तै, कप्तान जेरहार्ड इमासमुसले पनि अर्धशतक बनाए । कुशल मल्लको बलमा सन्दीपबाट क्याचआउट हुनुअघि उनले ५६ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले पाँच विकेट लिए । उनले १० ओभरमा ६१ रन खर्चिएर पाँच विकेट लिएका हुन् । सन्दीप लामिछाने ३ विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिएर तीन विकेट लिए । सोमपाल कामी र कुशल मल्लले समान १–१ विकेट लिए ।