Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – देश बरबाद पार्न भित्र र बाहिरका शक्ति सक्रिय छन्

    एमाले अध्यक्ष ओलीले भने – देश बरबाद पार्न भित्र र बाहिरका शक्ति सक्रिय छन्

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् ।

    मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’



    ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताए । उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार