Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं उपत्यकाका ६ स्थानमा देखियो बर्डफ्लु

काठमाडौं । काठमाडौं उपत्यकाका ६ स्थानमा पालिएका हाँस, कुखुरा, कालिज तथा बट्टाईमा बर्डफ्लु संक्रमण एचफाइभएनवान देखिएको छ ।

पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको शंखमुल, तारकेश्वर, नागार्जुन र कीर्तिपुरमा संक्रमण देखिएको हो ।

भक्तपुरको चाँगुनारायणमा पनि व्यवसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । विभागकाका अनुसार व्यवसायिक फार्म मात्रै नभइ सानो संख्यामा पालिएका हाँस कुखुरामा पनि संक्रमण पुष्टि भएको छ ।

मंगलबारसम्म बर्डफ्लु संक्रमण पुष्टि भएका फार्ममा पालिएका १८ हजार ५३२ वटा हाँस, कुखुरा नष्ट गरिएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077