Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चित्रबहादुर केसी भन्छन्– आफू अनुकुल राष्ट्रपति बनाउन शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमै भूमिका खेले

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमै भूमिका खेलेको आरोप लगाएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्।

उनले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भूमिका खेलिरहेको बताए।

उनले भने, ‘नेपालमा अहिले राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रूपले नै आफ्नो देशको अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077