Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।

नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबै खाले सेवा अवरुद्ध बनेको छ । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो ।

बुधबार कुन प्रणालीमा कस्तो समस्या भएको हो भन्ने टेलिकमले खुलाएको छैन । केही बेर प्रणालीमा समस्या आएपनि समाधान भइसकेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

टेलिकमले फोन लाइनमा समस्या आएकोबारे ग्राहकलाई कुनै माध्यमबाट जानकारी पनि गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077