Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्टरनेटको तार काट्ने काम तत्काल रोक्न विद्युत प्राधिकरणलाई उच्च अदालतको आदेश

    इन्टरनेटको तार काट्ने काम तत्काल रोक्न विद्युत प्राधिकरणलाई उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 600
    SHARES

    काठमाडौं । अदालतले इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा पाटन उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।



    आइस्पानले प्राधिकरणले पटकपटक तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश मागेको थियो ।



    उच्च अदालत पाटनले फागुन १६ गते अर्को पेसी तोकेको छ। उक्त अवधिसम्म विपक्षी विद्युत प्राधिकरणले गत मंसिर ६ गतेको सूचनाअनुसार इन्टरनेटको तार काट्ने वा सेवा अवरुद्ध नगर्न आदेश दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार