Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रास्वपा लक्षित प्रकाशमानको टिप्पणी - लोकप्रिय नाराले देश चल्दैन, योगदान गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने टिप्पणी गरेका छन् ।

विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेस, नेकपा एमालेलगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताए ।

सिंहले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दे यस्तो भनेका हुन् । राजनीतिमा स्थापीत हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077