Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी प्रवक्ता महराले भने - राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुँदैनौँ

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस नहुने बताएका छन् ।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा माओवादीले साझा व्यक्तिको खोजी गरिरहेका बेला महराले यस्तो बताएका हुन् ।

महराले भने, ‘हाम्रो पार्टीको धारणा राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुनुहुँदैन भन्ने हो। सबैको सहमतिमा राष्ट्रिय सहमति कायम हुनुपर्छ । प्रधानमन्त्रीको जसरी विश्वासको मत लिने क्रममा राष्ट्रिय सहमति भयो राष्ट्रपतिमा पनि सबैको सहमति खोजेका छौँ ।’

प्रधानमन्त्रीमा सबैले विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार भए जस्तै राष्ट्रपतिमा समेत निरन्तरता दिन खोजेको महराले बताए ।

गत पुस १० गतेको सहमतिका विषयमा आफूहरूलाई थाहा नभएको महराले बताए । राष्ट्रपतिको उम्मेदवारी दर्ता फागुन १३ गतेका लागि तोकिएको छ ।

तर, सत्ता साझेदार दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077