Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्याम्पस प्रमुखलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्ववियूले लगायो ताला

गोरखा । क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।

दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।

शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।

‘प्रहरीमा उजुरी गर्दासमेत झनै उक्त घटनालाई विभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति घोर भर्त्सना गर्छौ,’ विज्ञप्तिमा भनिएको छ ।

दोषी उपर कारबाही नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत स्ववियूले दिएको छ ।

जनयुद्धको विरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077