Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रकाशमान सिंहले भने - पहिलो दल भएकाले राष्ट्रपति कांग्रेसबाटै हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति आफ्नौ पार्टीबाट बन्ने दाबी गरेका छन्।

नेपाल जेसिसको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले कांग्रेसबाटै नयाँ राष्ट्रपति बन्ने दाबी गरेका हुन्।

उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको पनि तर्क गरे।

राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद सिंहको दाबीलाई अर्थपूर्ण मानिएको छ। तर उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार कसलाई बनाउने भन्ने केही खुलाएनन्।

पुस १० मा सात दलबीच भएको सहमतिअनुसार नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति बनाउनुपर्ने अडान राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शक्ति सन्तुलनका लागि सहमतिमा राष्ट्रपति छान्नुपर्ने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077