Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषदले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले बताए ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुईजनालाई नियुक्ति गरेको छ। डाक्टर दीपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई आयोगको सदस्य पदमा नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

त्यस्तै चालू खर्चको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय पनि गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गएको माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077