Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - राष्ट्रपतिमा हामीलाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्र नेतृत्वको सरकारको निरन्तरताका लागि कांग्रेस तयार रहेको बताएका छन् ।

कांग्रेस प्रवक्ता महतले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने बताएका हुन् ।

संविधान रक्षाका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको उल्लेख गर्दै महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताए ।

उनले भने, ‘नेतृत्व तहमा छलफल भइरहेको छ । परिस्थिति अनुकुल बन्दैछ । राष्ट्रपतिलाई लिएर प्रचण्डजीको सरकार तलमाथि हुने अवस्थामा कांग्रेसले साथ दिन्छ ।’

पुस १० मा सत्ता दलीय गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय सहमति खोज्ने अडान छ ।

राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको प्रवक्ता महतको भनाई छ ।

एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको पनि उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077