Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा स्थानीय तहका उम्मेदवारको जरिबाना माफी मिनाहा

    राष्ट्रपति भण्डारीद्वारा स्थानीय तहका उम्मेदवारको जरिबाना माफी मिनाहा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिबाना माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएकी हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।



    ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार