Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी, राजस्व छली र बैंकिङ कसुरका घटना बढी

    सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी, राजस्व छली र बैंकिङ कसुरका घटना बढी

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ ।

    विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए ।



    विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा (साउनदेखि माघसम्म) विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ । आठवटा मुद्दाका १८ जना आरोपीसँग ५ अर्ब बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको महानिर्देशक अधिकारीले जानकारी दिए ।



    विभागमा राजस्व छली गरेर तथा अन्य अपराधिक क्रियाकलाप गरेर सम्पत्ति आर्जन गर्ने र त्यसरी आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यससम्बन्धी कसुरमा उजुरी पर्ने क्रम बढेको छ । लागूऔषध, ठगी तथा संगठित अपराध, तस्करी, विदेशी विनियम अपचलन, हुन्डी अपराधलगायतबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्नेविरुद्ध उजुरी पर्ने क्रम बढेको विभागले जनाएको छ । त्यस्तो कसुर गर्नेको संख्या अत्यधिक रहेको बताइन्छ ।

    विभागले पछिल्लोपटक राजस्व छली र हुन्डी कसुरमा मुद्दा दायर गरेको थियो । जसअनुसार सन्दीप कौशल र देवीप्रसाद कौशलविरुद्ध राजस्व छलीमा ४५ लाख ७९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यसैगरी तिलकराम गिरिविरुद्ध ३९ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार