Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभाबाट पारित

    सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभाबाट पारित

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 486
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

    बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गरेका थिए ।



    मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो ।



    गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो । विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

    छलफलका क्रममा १८ जना सांसदले विधेयकमाथि विभिन्न सुझाव दिएका थिए । छलफलपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा विधेयकलाई निर्णयार्थ पेश गरेका थिए । प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार