Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनअपेक्षाहरूलाई पूरा गर्न प्रदेश १ सरकार तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्।

७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश १ सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले मुलुकको संघीय शासन प्रणाली मौलिक र नौलो भएको बताए।

उनले भने, ‘नेपालको सङ्घीय शासन प्रणाली मौलिक र बिलकुलै नयाँ छ, संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनीतिक दल, सरोकारवाला सम्पूर्णको सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।’

संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077