Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सत्ता गठबन्धनको भविष्य एक हप्ताभित्र टुंगो लाग्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीबम अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताएका हुन् ।

नेपालले भने, ‘कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो।’

अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गरे। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077