Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज फागुन ८ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

    आज फागुन ८ गते सोमवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 591
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ साल फागुन ८ गते सोमवारको राशिफल ।

    मेष



    आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।



    मिथुन

    आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    सिंह

    आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

    तुला

    आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।

    धनु

    आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।

    कुम्भ

    आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।

    बृष

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

    कर्कट

    मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

    कन्या

    आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।

    बृश्चिक

    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।

    मकर

    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बनिनेछन् ।

    मीन

    आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा मन प्रसन्न रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार